हेल्थ केयर अस्पतालमा मृतकका आफन्तले गरे तोडफोड - pharaksandesh.com

मुख्य समाचार


Monday, 23 November 2020

हेल्थ केयर अस्पतालमा मृतकका आफन्तले गरे तोडफोड


सिरहा, ८ मङ्सिर :
उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि सिरहाको लहानस्थित डिभाइन हेल्थ केयर अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन् ।

सिरहाको सुखीपुर नगरपालिका ९ मोहनपुरकी २७ वर्षीया आरतीकुमारीको शल्यक्रिया गर्दा अत्याधिक रक्तस्राब भएर मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । तोडफोडबाट अस्पतालमा सामान्य भौतिक क्षति भएको छ भने कर्मचारीहरु त्रसित बनेका छन् ।

सुत्केरीको मृत्यु भएपछि नवजात शिशुको एक निजी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा लापरबाही भए वा नभएकोबारे अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.