राँचुलीमा आग्लागी तीन घर जल्दा १२ परिवार बिस्थापित - pharaksandesh.com

मुख्य समाचार


Saturday, 28 November 2020

राँचुलीमा आग्लागी तीन घर जल्दा १२ परिवार बिस्थापित


कालीकोट, १३ मङ्सिर :
जिल्लाको तिलागुफा नगरपालिका वडा नं चारको राँचुलीमा आगलागी हुँदा तीन घर परिवारका १२ वटा घर जलेर नष्ट भएका छन । दलित वस्तीमा एक घरवाट सुरु भएको आगो छिमेकी घरमा पनि पुगेर खरको छानाले छोएका तीन घर परिवारका १२ वटा परिवार आगलागीबाट विस्थापित भएका छन ।

नेकपाका नेता महेन्द्रवहादुर शाहीका अनुसार एक घरमा आगलागी भयो । संगै जोडिएका तीन घर परिवारका १२ वटा घर जलेर पुरै नष्ट भएका छन । दलित समुदायका परिवार संख्या बृद्धि भएपछि तीन परिवारका सदस्यले आआफ्ना छुट्टा छुट्टै घर बनाएका थिए । तीनै घरमा आगलागी भएपछि अहिले त्यो परिवार घरवारविहीन भएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटले पनि संगोल तीन घरका परिवार विभाजन भएर १२ परिवारमा वृद्धि भएका र तिनै सवै परिवार वस्दै आएका घर चलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोट प्रहरी निरीक्षक भूपेन्द्रबहादुर शाहीले तीन वटा घरमा १२ घर परिवार बस्दै आएको बताउनुभयो । प्रहरी निरीक्षक शाहीले बिउरी विकको घरको भान्छाबाट आगो सुरु भएको र फलामको धँुवा निष्कासन पाइपबाट आगोको झिल्का अर्को घरको खरको छानोमा पुगेपछि आगलागी भएको बताउनुभयो ।


आगलागीबाट मानवीय क्षति नभए पनि कुल विकका दुई गाई जलेर मरेका छन् । अन्य सम्पतिको प्रहरीले एकिन गरिरहेको जनाइएको छ । तिलगुफा नगरपालिकाले आगलागीको जोखिमलाई मध्यनजर गर्दै सबै खरका छाना हटाएर टिनका छाना बनाउने नीति लिएको भए पनि हालसम्म कुनै पनि वडामा काम हुन नसक्दा पनि दलित समुदाय आगलागीको मारमा परेका बताइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.