नव दम्पती र गर्भाधारण गर्नेलाई शुभकामना कार्ड - pharaksandesh.com

मुख्य समाचार


Sunday, 29 November 2020

नव दम्पती र गर्भाधारण गर्नेलाई शुभकामना कार्ड


इनरुवा, १४ मंसिर :
सुनसरीको कोशी गाउँपालिकामा विवाह गर्ने र गर्भ धारण गर्ने दम्पतीलाई शुभकामना कार्ड दिने भएको छ । कोशी गाउँपालिकाले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुण फाउण्डेसन नेपालको सहयोगमा विवाह गर्ने नवदम्पतीलाई विवाहको शुभकामना र गर्भवती भएको महिलालाई गर्भमा रहेको बच्चाको सुस्वास्थ्यको कामनासहित दम्पतीलाई शुभकामना कार्ड दिने भएको हो । अपाङ्गतागाउँपालिकालाई अपाङ्गमैत्री र अपाङ्गता भएका व्यक्ति मुक्त गाउँ बनाउने अभियान अन्तरगत गर्भमा रहेका बच्चा स्वस्थ राख्न र अहिले रहेका वा भएका अपाङ्गता भएकाहरुलाई अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तरगत आईतबार कोशी गाउँपालिका १ लौकहीमा सामुदायमा आधारित अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक राजकिशोर मेहताले जानकारी दिनुभयो ।

मेहताका अनुसार मंसिर १५ गतेबाट गाउँपालिकाको कुनै पनि उमेर पुगेको विवाह गर्ने दम्पती र गर्भवती भएको महिलाले स्वयमसेविका मार्फत गाउँपालिकाको अपांगता रोकथाम तथा पूरस्थापना कार्यक्रमको शुभकामना कार्ड पाउने छ ।

त्यसका लागि पाकिला भरीका ८७ जना स्वयम्सेविका र अनमीहरुलाई मोबाईल उपलब्ध गराउनेदेखि वडा वडामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्न लागेको मेहताले बताउनुभयो ।

कार्यक्रमबाट नव दम्पतीदेखी गर्भवतीसम्म र अपाङ्गता भएर उपचार नपाएकासम्मले लाभ लिन पाउने भएको मेहताको भनाइ छ । लौकहीमा आइतबार अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम कोशी १ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.