धादिङ, २४ कात्तिक : कोरोना महामारीका कारण राजमार्ग आसपासमा बसेर कृषि उपज विक्रि गरी दैनिकी चलाउने मानिसहरुको ब्यापार अहिले संकटमा परेको छ ।
खासगरी, पृथ्वी राजमार्गको छेउछाउमा बसी मौसम अनुसारको फलफुल र तरकारी विक्रि गर्ने सडक ब्यापारीहरुको ब्यापार अहिले ठप्प जस्तै भएको हो ।
कोरोना महामारीका कारण लामो समयपछि सार्वजनिक यातयातका साधनहरु सुचारु भएपनि राजमार्ग छेउ
छाउमा केरा बेच्ने,पोलेको मकै विक्रि गर्नेहरु र तरकारीको ब्यापार गर्नेहरुको पेशा भने आजकाल संकटमा परेको छ ।
पृथ्वी राजमार्ग भएर आवत जावत गर्ने मानिसहरुले स्वास्थ्य सुरक्षाका कारण जहाँ पायो त्यहीँ सवारी रोक्न छाडेपछि सडक व्यापारीहरुलाई थप समस्या परेको हो ।
केरा विक्रि गरी आफ्नो दैनिकी चलाउदै आएका साना सडक व्यापारीहरु पहिले पहिलेको तुलनामा कोरोनाका कारण ८० प्रतिशत ब्यपार घटेको बताउँछन।
दैनिक ७-८ हजारसम्म केरा विक्रिबाट मात्र आम्दानी गर्ने राजमार्ग छोउछाउका ब्यपारीहरु अहिले २-३ हजारमा नै चित्त बुझाउँछन ।
हुन त धादिङ राजमार्ग आसपासमा विक्रि गर्ने सामानहरुको मुल्य अत्यन्त महँगो भएको गुनासो ग्राहक र यात्रुहरुले नगरेका होइनन ।
तर पनि कतिपय यात्रुलाई त सवारी साधन पसलमा नै लगेर रोकेपछि नकिनी सुखै छैन । र अरु विकल्प नहुँदा महँगो मुल्य तिर्न यात्रुहरु बाध्य हुने गरेका थिए ।
तर अहिले आएर व्यापार घटेपछि लगानी गरेको मुल्य पनि उठाउन नसक्ने ब्यापारीहरुको गुनासो छ ।
ब्यापार कम हुन थालेपछि कतिपय साना ब्यपारीहरुले त पेशा नै छाडेका छन।
होटल संञ्चालकदेखि यस्ता साना सडक ब्यापारीहरु लामो समयसम्म ग्राहकको पर्खाइमा हुन्छन ।
जसका कारण सडक छेउ छाउमा राखेर ब्यपार गर्ने कृषि उपजहरुको मुल्यमा समेत गिरावट आउन थालेको छ ।
धादिङको राजमार्ग आसपासमा विक्रि गर्ने धेरैजसो कृषिजन्य उपजहरु स्थानीय किसानहरुले नै उत्पादन गरेका हुन्छन ।

No comments:
Post a Comment