माेरङमा जुवा तास खेल्ने सात जना पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Friday, 27 November 2020

माेरङमा जुवा तास खेल्ने सात जना पक्राउ


मोरङ, १२ मङ्सिर :
मोरङको उर्लाबारी नगरपालिका -९ बाट जुवा तास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवा तास खेलिरहेको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी टोलीले ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारीका बाबुराम कार्की, डम्बरबहादुर लिम्बु, विमल डाँगी, दिवान मगर, गोविन्द पुरी र विष्णु राउत तथा केपिलासगढी गाउँपालिका खोटाङका कुबिरमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.