हुम्लामा दुई वटा सकेट बम सेनाद्वारा निष्कृय - pharaksandesh.com

मुख्य समाचार


Sunday, 22 November 2020

हुम्लामा दुई वटा सकेट बम सेनाद्वारा निष्कृय


हुम्ला, ७ मङ्सिर :
कृषि विकास कार्यालय हुम्लाको प्रवेशद्वार र कार्यालय जाने मुल गेटमा भेटिएका दुईवटा सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ ।

आज बिहान सिमकोट बजारको लोकतान्त्रिक चोक नजिक रहेको कृषि विकास कार्यालयको प्रवेशद्वार जाने बाटोमा दुई वटा पोका शंकास्पद वस्तुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

कृषि विकास कार्यालय, हुम्लाको प्रवेशद्वार र कार्यालय जाने बाटोमा भेटिएको दुई वटा सकेट बम नेपाली सेनाले सिमकोेट गापा वडा नं ५ को भदाले भन्ने खाली ठाउँमा डिस्पोज गरेको छ ।

केहि समय उक्त क्षेत्रलाई शिल गरी आवतजावतमा रोक लगाएर नेपाली सेनाको बम डिस्पोजल टोलीले तत्काल सो शंकास्पद वस्तुलाई नियन्त्रणमा लिएर डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

प्रहरीले विप्लव समुहले सिमकोट बजार क्षेत्रमा सकेट बम राखिएको हुनसक्ने अनुमान गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.