छठ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मुल्य आकाशियो - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 18 November 2020

छठ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मुल्य आकाशियो


वीरगञ्ज, ३ मङ्सिर :
तराई मधेशको प्रमुख चाड छठ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुको मुल्य आकाशिएको छ । पछिल्ला दिनमा वीरगञ्ज बजारमा अत्यावश्यक उपभोग्य सामग्रीको मुल्य छठ शुरु हुदै गर्दा आकाशिएको छ ।

पछिल्ला दिनमा बजारमा अत्यावश्यक उपभोग्य वस्तु, तरकारी, चिनी, तेल लगायतका दैनिक उपभोग्य सामानको मुल्य बढेको छ । सरकारका नियमनकारी निकायको बजार अनुगमन प्रभावकारी नहुँदा खाद्यवस्तुको भाउ महँगो भएको उपभोक्ताहरुले बताएका छ्न । अहिले चिनी प्रति किलो १० रुपैयाँ, गेडागुडी प्रति किलो २० रुपैयाँ, तेल प्रति लिटर २० रुपैया भन्दाबढीले मुल्य वृद्धि भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय, स्थानीय निकाय लगायतले नियमित रुपमा बजार अनुगमन गरेको दाबी गरे पनि प्रभावकारी रुपमा अनुगमन हुन नसक्दा सर्वसाधारण उपभोक्ता चाडवाडको बेला ठगिने गरेका छन ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले दशैं तिहार, छठ लाई लक्षित गर्दै विगत केही दिन अगाडी वीरगञ्ज बजारमा नियमित अनुगमन भइरहेको र महँगो मूल्य, गुणस्तरहीन सामान बिक्री गर्नेलाई कारबाही भएको जानकारी दिनुभयो ।

अरू बेलाभन्दा चाडपर्वमा कारोबार पनि धेरै हुने र उपभोक्ता ठगिने सम्भावना पनि बढी हुने भएकाले त्यसैअनुसार अनुगमन हुँदै आएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले दावी गर्नु भयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.