सभामुख सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाइ नहुने - pharaksandesh.com

मुख्य समाचार


Friday, 18 December 2020

सभामुख सापकोटाविरुद्ध परेको मुद्दामा आज सुनुवाइ नहुने


काठमाडाैँ, ३ पुस :
मुद्दाकाे सुनुवाइमा पालो नआएपछि सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा आज (शुक्रबार) सुनुवाइ नहुने भएको छ । प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा सापकोटाको मुद्दाको पेसी तोकिएको थियो ।

यसअघि गएको वर्ष २०७६ सालको फागुन ३० गते सभामुख सापकोटाको मुद्दामा पेसी तोकिएको भए पनि हेर्न नभ्याइएपछि सुनुवाइ सरेको थियो । त्यसबीचमा लकडाउन भएसँगै अदालत बन्द हुँदा यो मुद्दालाई अघि बढाउन सकिएको थिएन । सभामुख सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ ।

२०६२ सालको वैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला भएको ठाउँबाट लामालाई अपहरण गरेर खाल्डो खन्न लगाएर ज्युँदै पुरेको भन्दै लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । घटनाको जाहेरी प्रहरीले लिन नमानेपछि उहाँले २०६९ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो । त्यसबेला सापकाेटा सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो ।

यसअघि कनकमणि दीक्षितले पनि सापकोटा फरार अपराधी रहेकाले तत्काल पक्राउ पर्न भन्दै मुद्दा दर्ता गराउनुभएको थियो । यसबारे सभामुख सापकोटाले भने आफूविरूद्धको मुद्दालाई द्वन्द्वकालीन मुद्दाको रूपमा हेरिनुपर्ने भन्दै आरोप अस्वीकार गर्दै आउनुभएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.