अमेजन जङ्गलको फँडानी ९.५ प्रतिशतले वृद्धि - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

अमेजन जङ्गलको फँडानी ९.५ प्रतिशतले वृद्धि


काठमाडौं, १६ मंसिर :
ब्राजिलस्थित अमेजन जङ्गलमा सन् २००८ यताकै सबैभन्दा ठूलो फँडानी गरिएको छ । ब्राजिलको स्पेस एजेन्सी रिपोर्टले उक्त तथ्य सार्वजनिक गरेको छ ।सन् २०१९ को अगष्टदेखि सन् २०२० को जुलाइसम्म ११ हजार ८८ वर्गकिलोमिटर रैनफोरेस्ट फडानी गरिएको छ । वन फडानी पछिल्लो वर्षको अपेक्षा ९.५ प्रतिशतले वृद्धि भएको हो । अमेजनको जङ्गलले कार्बन भण्डारण गरी बढ्दो ‘ग्लोबल वार्मिङग’को दरलाई कम गर्छ ।

सन् २०१९ मा जायर बोल्सेनारोले राष्ट्रपतिको कार्यभार सम्हाले यता अमेजनको जङ्गल फडानीले तीब्रता पाएको वैज्ञानिकहरुले दाबी गरेका छन् । ब्राजिली राष्ट्रपति बोलसेनारोले अमेजन जङ्गलमा खेतीपाती गर्न र खानीको काम गर्न प्रोत्साहित गर्दै आउनुभएको छ ।

अमेजन जङ्गल वनस्पति र जीवजन्तुको करीब तीस लाख प्रजातिको बासस्थान हो । सन् २०१८ को अगष्ट महिनामा पछिल्लो एक वर्षमा सात हजार ५३६ वर्ग किलोमिटर जङ्गल फँडानी गरिएको थियो । ब्राजिलले सन् २०२० पछि वार्षिक तीन हजार ९०० वर्गकिलोमिटर मात्रै अमेजन फँडानी गर्ने लक्ष्य राखेको थियो ।

बीबीसीका अनुसार अमेजनको जङ्गलमा वनस्पति विकासका लागि कदम चाल्नुभन्दा राष्ट्रपति बोलसेनारोको प्रशासनले वातावरण कानून उल्लघंन गर्नेलाई कारबाही गर्ने संघीय र प्रान्तीय निकायको अधिकारमा समेत कटौती गरेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.