संकटकाल लगाएरै भए पनि सत्तामा बसिरहने ओलीको दाउ छ : नेता पुन - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 30 December 2020

संकटकाल लगाएरै भए पनि सत्तामा बसिरहने ओलीको दाउ छ : नेता पुन


काठमाडाैँ, १५ पुस :
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव नगराउने र सत्ताबाट पनि हट्ने दाबी गर्नुभएको छ ।

रोल्पामा भएको कार्यक्रममा नेता पुनले अबको चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने दाबी गर्नुभएको हो । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर देश संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको पुनको टिप्पणी छ ।

ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भन्दै पुनले त्यस्तो धम्कीबाट आफूहरु नडराउने बताउनुभयो । पुनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो । पुनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्रीको असंवैधानिक कदममा साथ दिएर देशको अभिभावकत्व गुमाएको पनि टिप्पणी गर्नुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.