एकताबद्ध भएर अघि बढ्न आह्वान : नेता रावल - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

एकताबद्ध भएर अघि बढ्न आह्वान : नेता रावल


कैलाली, १३ पुस :
नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) स्थायी समिति सदस्य भीम रावलले देशलाई राजनीतिक स्थायित्वतर्फ लैजानका लागि सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभएकाे छ । आइतबार धनगढीमा आयोजित कार्यकर्ता भेलामा उहाँले लोकतन्त्रका हिमायती प्रत्येक देशभक्त नेपाली तथा नेकपाका सम्पूर्ण नेता र कार्यकर्तालाई पार्टी विभाजनको विरुद्धमा सशक्तरुपमा लाग्‍नुपर्ने बताउनुभयाे ।

नेता रावलले देशको वर्तमान र भोलिको भविष्य सुरक्षित गर्न, स्वतन्त्र परराष्ट्र नीतिको सुरक्षा तथा नेपालको संविधानको रक्षार्थ एकताबद्ध भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभयाे । 'नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा धेरै उकाली, ओरालीको सामना गरेका छौँ,' उहाँले भन्नुभयाे, 'हामीले अब आउने दिनमा कानूनी र राजनीतिक दृष्टिकोणबाट सशक्तरुपमा पार्टी र कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने काममा लाग्‍नेछौँ ।'

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.