कोभिड- १९ विरूद्धको भ्याक्सिनका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री पौडेल - pharaksandesh.com

मुख्य समाचार


Friday, 18 December 2020

कोभिड- १९ विरूद्धको भ्याक्सिनका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री पौडेल


काठमाडाैँ, ३ पुस :
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना भाइरस विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरूसँगको भेटमा अर्थमन्त्री पौडेलले कोरोना भाइरसको लक्षण देखिएका नेपालीको निःशुल्क परीक्षण र उपचार गरे जसरी नै भ्याक्सिनको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताउनुभयो । 

अर्थमन्त्री पौडेलले भ्याक्सिन ल्याउनका लागि सरकारले भ्याक्सिन उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका भन्दै भ्याक्सिनमा नागरिकहरुले दायित्व व्यहोर्नु नपर्ने बताउनुभयो । उहाँले सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउने तयारी भएको जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले ग्लोबल मार्केटमा भ्याक्सिन उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले मापदण्ड अनुसार कोरोनाभाइरस विरुद्ध फ्रन्टलाइनमा खटिएका र बृद्धबृद्धालाई प्राथमिकता दिने र त्यसपछि सबैलाई भ्याक्सिन उपलब्ध गराएर कोरोनाभाइरस विरुद्धको लडाईलाई निणर्ायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताउनुभयो । 

अर्थमन्त्री पौडेलले कोरोना भाइरसबाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन सरकार लागी परेको बताउनुभयो । अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्ने अर्थमन्त्रीले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.