क्रिस्टियानो रोनाल्डो शताब्दी खेलाडी घोषित - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

क्रिस्टियानो रोनाल्डो शताब्दी खेलाडी घोषित


काठमाडाैँ, १३ पुस :
विश्वकप फुटबलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो ग्लोब सकर अवार्ड अन्तर्गत ‘शताब्दी खेलाडी’ घोषित भएका छन् ।

दुबईमा सम्पन्न ग्लोब सकर अवार्ड समारोहमा प्रतिद्वन्द्वी लियोनल मेस्सीलाई पछि पार्दै इटालियन क्लव युभेन्ट्सका रोनाल्डोले अवार्ड जितेका हुन् । ३५ वर्षीया पोर्चुगिच रोनाल्डोको सन् २००१ देखि २०२० सम्मको यात्रालाई आधार बनाएर भोटिङबाट शताब्दी अवार्डबाट पुरस्कृत गरिएको हो । यस्तै, प्रशिक्षक पेप ग्वार्डीओलाले ‘शताब्दीका प्रशिक्षक’ अवार्ड प्राप्त गरेका छन् ।

यस्तै, स्पेनिस क्लव रियाल मड्रिड शताब्दीकै क्लब घोषित भएको छ । सन् २०२० को टिम अवार्ड भने जर्मन क्लव बायर्न म्युनिखले प्राप्त गर्‍यो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.