धनराज गुरुङको देउवालाई प्रश्‍न : सर्वदलीय बैठकको औचित्य के ? - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

धनराज गुरुङको देउवालाई प्रश्‍न : सर्वदलीय बैठकको औचित्य के ?


काठमाडौं, २३ मङ्सिर :
कांग्रेस नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकको औचित्य नभएको बताउनुभएकाे छ । मंगलबार बिहान सामाजिक सञ्‍जाल ट्‍वीटरमा कांग्रेस सभापति शेरबहादुर देउवालाई मेन्सन गर्दै उहाँले सर्वदलीय बैठकको औचित्य नभएको बताउनुभएकाे हाे ।

गुरुङले आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टी बैठकमा ओली उपस्थित हुन छाडेको दाबी गर्नुभएकाे छ । उहाँले सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चाबन्दी कस्‍नका लागि आवश्यक रहेको औंल्याउनुभएकाे छ ।

'आफ्नै पार्टीका नेताहरुले भ्रष्टाचारीको आरोप लगाएपछि पार्टीकै बैठकमा उपस्थित हुन छाडेका प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकको औचित्य छैन' गुरुङले ट्‍वीट गर्नुभएकाे छ 'बरु यतिखेर सर्वदलीय बैठक त प्रमुख प्रतिपक्ष दल कांग्रेसकै नेतृत्वमा भ्रष्टाचारविरुद्ध मोर्चाबन्दी कस्‍नका लागि आवश्यक छ ।'


ओलीले मंगलबार बिहान ११ बजे संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ । प्रधानमन्त्रीले पछिल्‍लो राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बोलाउनुभएकाे हाे । देशमा कोभिड-१९ को मार खेपिरहेको छ भने अर्कातिर राजावादीहरुले आन्दोलन चर्काइरहेका छन् । केही समययता राजावादीहरूले देशका विभिन्‍न ठाउँमा आन्दोलन गरिरहेका छन् ।

पछिल्‍लो पटक बैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो । त्यसयता सर्वदलीय बैठक बसेको छैन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.