सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढ्यो - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढ्यो


काठमाडाैँ, २३ मङ्सिर :
सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ आज तोलामा १५ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँमा पुगेको छ । गएको साउन २३ गते सुनको भाउ अहिलेसम्मकै उच्च एक लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसपछि उतारचढाव आउँदै एक हप्ता अघि सुनको भाउ तोलामा ९० हजार रुपैयाँमा झरेको थियो ।

गएको सोमबार ९० हजार रुपैयाँमा झरेको सुनको भाउ त्यसपछि फेरि उकालो लाग्न थालेको छ । विश्वमा कोरोना भाइरसको खोप विकास भएको र अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएपछि सुनको भाउ घट्ने अनुमान गरिएको थियो । तर, त्यसका बाबजुत पनि भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अहिले सुनको भाउ यसै बढ्यो भन्ने कुनै पनि ठोस कारण छैन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.