उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त - pharaksandesh.com

मुख्य समाचार


Sunday 27 December 2020

उत्तरी पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त


इस्लामाबाद, १२ पुस :
पाकिस्तानी सेनाको एउटा हेलिकप्टर उत्तरी गिल्गिट बाल्टिस्तान क्षेत्रमा शनिबार दुर्घटनाग्रस्त भएको सेनाले जनाएको छ । उक्त दुर्घटनामा दुई पाइलट र दुई सैनिक सहित चार जनाको मृत्यु भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सेनाले उक्त हेलिकप्टर प्राविधिक गडबडीका कारण दुर्घटनाग्रस्त भएको जनाएको छ । बाल्टिस्तान क्षेत्रमा गोली लागेर घाइते भएका एक सिपाहीको उद्धारका लागि खटिएको हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो । 

स्थानीय एक स्रोतले बताए अनुसार निर्जन पहाडी इलाकामा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.