लामो समय बन्द भएका दोलखाका प्रसिद्ध धार्मिक स्थलहरु आजबाट खुले - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 December 2020

लामो समय बन्द भएका दोलखाका प्रसिद्ध धार्मिक स्थलहरु आजबाट खुले


दोलखा, १९ मङ्सिर :
कोरोना संक्रमण फैलन नदिन लामो समय बन्द भएका दोलखाको प्रसिद्ध धार्मिक स्थलहरु आजबाट खुलेका छन् ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले जिल्लाभरका मठमन्दिर खुल्ला गर्ने निर्णय गरेसँगै मठमन्दिरको मुल ढोका खुल्ला भएको हो ।

मठमन्दिरको अलावा कालिञ्चोक केबुलकार पनि सञ्चालन गर्ने निर्णय गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश प्रसाद शिवाकोटीले बताउनुभयो ।


दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक, दोलखा भिमेश्वर, महाकाल भगवती लगायतका मन्दिर जिल्ला संकट व्यवस्थापन केन्द्रले असोज ३० गते सुचना जारी गर्दै बन्द गराएको थियो ।

देशमा कोरोना भाइरसको संक्रमण बढदै गएपछि कोरोना नियन्त्रण गर्नका लागी मठ मन्दिरमा भिडभाड हुने भन्दै प्रसिद्ध धार्मिक स्थलहरु बन्द गरिएको थियो ।

कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य सर्तकर्ता अपनाएर र सामाजिक दुरी कायम गरी जिल्लाभरका मठमन्दिर र कालिञ्चोकको केबुलकार सञ्चालन हुने जिल्ला प्रशासन कार्यलय दोलखाले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.