मधुमेहका रोगीले खानुपर्ने जडीबुटीहरू - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

मधुमेहका रोगीले खानुपर्ने जडीबुटीहरू

डा. हेमराज कोइराला

आज संसारभर लगभग ४५ करोड मान्छेहरू मधुमेहको रोगबाट ग्रसित छन् भने प्रत्येक वर्ष १६ लाख मान्छेहरू यो रोगसँग प्रत्यक्ष सम्बन्धित भएर मारिन्छन् । यसैगरी संसारभरका मधुमेह रोगीहरूले यो रोगको प्रतिकार गर्नमा खर्च गर्ने गर्छ । सन् २०१९ मा ७६० विलियन अमेरिकी डलर अथवा ९०१.२४८२ खर्ब रूपैयाँ बराबर छ ।

यो रोग लागेपश्चात तत्काल ज्यान गई नहाले पनि अन्य ज्यानमारा रोगहरू जस्तै हृदयघात, मष्तिसकघात, मृगौलाघात, दृष्टिघात, खुट्टा काट्नुपर्ने स्थितिलाई जन्माउन सहयोग गर्ने हुँदा यो रोग खतरनाक रोग हो । यसैगरी रोग लागेपछि आजीवन समस्याको रूपमा रहिरहने भएकाले पनि यो रोगलाई ख्याल–ख्याल मालिनु हुँदैन । रोग नियन्त्रणका लागि रासायनिक–औषधि, इन्सुलिनथेरापि, जीवनशैली परिवर्तन र प्राकृतिक जडीबुटीहरूको सेवन गरेर चार प्रकारका चिकित्सा पद्धतिहरू प्रचलित छन् तर रासायनिक औषधि र इन्सुलिन थेरापीको धेरै पाश्र्व प्रभाव पनि भएको हुनाले यो रोगको उपचार प्राकृतिक जडीबुटी र जीवनशैली परिवर्तनद्वारा गर्न खोजिँदै गइएको छ र हाम्रो पहिलो रोजाइ पनि रासायनिक औषधि र इन्सुलिन नभएर प्राकृतिक जडीबुटी नै हुनुपर्छ । यसै परिपेक्षमा निम्नलिखित प्राकृतिक जडीबुटीहरूको प्रयोगद्वारा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ ।

१. चुत्रोः चुत्रोमा बार्बेरिन नामको कम्पाउन्ड पाइन्छ । बार्बेरिनले कोलेस्टेरोल कम गर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन् । यसका अलावा बार्बेरिनले रक्तग्लुकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य पनि पत्ता लागेको छ ।

२. बेसारः बेसारको सेवनले शरीरमा मधुमेहको क्रममा हुने अनेकौं प्रदाहात्मक क्रियाहरू कम गरिदिन्छ । यसैगरी कुर्कुमिनको सेवनले इन्सुलिन प्रतिरोधकता कम गरेको, इन्सुलिन समवेदनशीलता बढाएको, इन्सुलिन उत्पादन गर्ने कोषहरूको कार्य सुधारेको र पूर्वमधुमेहीहरूलाई समेत ठीक गरेको तथ्य प्रकाशमा आएका छन् ।

३.दालचिनीः हाम्रो भान्सामा मसलाको रूपमा प्रयोग गरिने दालचिनी वा सिन्कौलीको बोक्रा आफँैमा एउटा सुपरफुड हो । दालचिनीमा प्रचुर मात्रामा एण्टि–अक्सिडेन्ट छ जसले अक्सिडेटिभ स्ट्रेस कम गरेर रक्तग्लुकोज कम गर्छ । वैज्ञानिकहरू दालचिनीमा इन्सुलिनले जस्तै काम गर्ने तत्व भएको मान्छन् । दालचिनीको सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खानापछिको ब्लड ग्लुकोज र एच.बी.ए.वान.सी. तीनैको रक्तस्तर कम गरेको तथ्य प्रकाशित भइसकेका छन् । यसैगरी दालचिनीको नियमित सेवनले मधुमेहका सामान्य समस्याहरू पनि कम भएको पाइएको छ । दिनको २ देखि ३ ग्राम दालचिनी नियमित सेवन गर्नाले मधुमेह नियन्त्रण गर्न ठूलो भूमिका निर्वाह गर्छ ।

४.तीते–करेलाः तीते–करेलामा च्यारिन्टिन, भिसिन, लेक्टिन ए जस्ता औषधीय तत्वहरू छन् । चेरिन्टिनले रक्तग्लुकोज कम गर्छ भने भिसिन, लेक्टिन र पोलिपेप्टाइड पीले इन्सुलिनले जस्तै कार्य गर्छ ।

५.मेथीः मेथी पनि मधुमेहको राम्रो औषधि हो । यसमा प्रशस्त घुलनशील रेशाहरू छन्् । यी रेशाहरू आन्द्रामा पुगेर पानीमा घुलिँदा बनेको लेदोले कार्बोहाइड्रेट्सको पाचन र अवशोषण दुवैलाई सुस्त बनाइदिन्छ । रेशाका अलावा मेथीमा प्रशस्त मात्रामा भिटामिन, मिनिरल र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । मधुमेह भएकाहरूले ५ ग्राम वा एक चिया चम्चा मेथीको धुलो मोहीमा हालेर खाए राम्रो । यसको अलावा मेथीलाई उमारेर पनि खान सकिन्छ ।

६.घ्युु–कुुमारीः घ्युु–कुुमारीको रस पिएर रक्तग्लुकोज कम गर्ने चलन पुरानो हो । यसमा ७५ प्रकारका सक्रियतत्वहरू पाइन्छ । यसको सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खानापछिको ब्लड ग्लुकोज र एच.बी.ए.वान.सी.को स्तरलाई घटाउँछ । दैनिक १ चम्चा घिउकुुमारीको गुदी बिहान खाँदा मधुमेह कम गर्न मद्दत गर्छ ।

७.विजय–सालः विजय–सालको पानी पिउँदा हाड जोर्नीहरूको दुखाइ कम हुने, तौल घट्ने, रक्त शुद्घीकरण हुने आदि कथनहरू प्रचलनमा छन् । तर विजयसालको बोक्राको पानी उमालेर पिउँदा मधुमेह पनि कम हुन्छ । विजयसालको बोक्राको काँडा दिनको २ चोटि खाँदा राम्रो गर्छ ।

८.लसुनः लसुनमा शरीरलाई फाइदा पु¥याउने ४०० भन्दा धेरै तत्वहरू छन् । रक्तग्लूकोजलाई कमगर्नुका अलावा लसूनले कोलेस्टेरोल कम गर्ने र रगत पातलो पार्ने काम गर्छ । यसले पनि मधुमेहको जटिलता घटाउँछ । दैनिक १५ ग्राम लसुुन खाँदा मधुमेहमा राम्रो प्रभाव पर्छ ।

९.सिस्नुः सिस्नु पनि बहुउपयोगी जडीबुटी हो । सिस्नुको नियमित सेवनले फास्टिङ्ग ब्लड ग्लुकोज, खानापछिको ब्लड ग्लुकोज र एच.बी.ए.वान.सी.को स्तरलाई राम्ररी घटाउँछ र यसरी सुगर नियन्त्रण हुनुमा सिस्नुमा विद्यमान इन्सुलिन जस्तै वानस्पतिक रसायनलाई मानिएको छ ।

१०.गुडमारः यो औषधि खाएर कुनै पनि गुलियो चिज खाँदा गुलियो चिजको स्वादपट्टकै रहँदैन । यसैले यसको नाम गुडमार राखिएको हो । गुडमार खाएपछि गुलियो वस्तुप्रतिको तृष्णा मेटिन्छ, कारण यसमा विद्यमान गाइनेमिक एसिडले स्वाद ग्रन्थीको गुलियो ग्राहकलाई रोक्छ । गुडमारको सेवनले आन्द्रामा ग्लुकोजको पाचन र अवशोषणलाई पनि सुस्त बनाउँछ भने इन्सुलिनको उत्पादनलाई पनि बढाउँछ । गुडमारको पातको धुलो एक चियाचम्चा बिहान पानीसँग घोलेर खाएको राम्रो हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.