कोरोना बिमादाबी भुक्तानी गर्न अर्थमन्त्रीको दोस्रो निर्देशन - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 December 2020

कोरोना बिमादाबी भुक्तानी गर्न अर्थमन्त्रीको दोस्रो निर्देशन


काठमाडौं, १८ मङ्सिर :
अर्थमन्त्री विष्णु पौडेलले कोरोनादाबी भुक्तानी तीन दिनभित्रै भुक्तानी गर्न दोस्रो निर्देशन दिनुभएकाे छ । पौडेलले कोरोना बिमादाबी ७ दिनभित्र भुक्तानी गर्न पहिलो पटक दिएको निर्देशन कार्यान्वयन नभएपछि दोस्रो निर्देशन दिनुभएकाे हाे । अर्थ मन्त्रालयले बिहीबार बिमा समितिलाई पत्राचार गर्दै यो निर्देशन दिएको हो । 

कोरोना बीमा मापदण्ड बमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरूको भूक्तानी ३ दिनभित्र गरि दैनिकरूपमा मन्त्रालयमा जानकारी गराउन पत्रमार्फत निर्देशन दिइएको छ । 

पहिलो निर्देशन दिएको एक महिनासम्म पनि कार्यान्वयन नभएपछि मन्त्रालयले दोस्रो निर्देशन दिएको हो । गत कात्तिक १८ मा मन्त्रालयले ७ दिनभित्र कोरोना दाबी भुक्तानी गर्न निर्देशन दिएको थियो । 

भेरिफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन यथाशिघ्र सम्पन्‍न गरी भूक्तानी दिने व्यवस्था मिलाउन पत्रका भनिएको छ। 'कोरोना बीमा दावी भुक्तानीका सम्बन्धमा विभिन्‍न बीमा कम्पनीहरूबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् ? हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेण्डिङ रहेको छ ? सो को विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के प्रयास भैरहेको छ ? यस मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नु पर्ने विषयहरू के के हुन् ? यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनु हुन,' पत्रमा भनिएको छ ।

कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा भएका निर्णयहरू मध्ये ७ दिनभित्र सबै दाबी भुक्तानीको कार्य सम्पन्‍न गर्ने भनिएकोमा हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको मन्त्रालयले बताएको छ । दैनिक प्रगति प्रतिवेदन नियमितरूपमा मन्त्रालयमा नबुझाएको, बीमा समितिको हटलाइन फोन सञ्‍चालन नगरेको र अन्य निर्देशन पनि प्रभावकारी ढंगले कार्यान्वयन नगरेको गुनासो आएपछि मन्त्रालयले दोस्रो निर्देशन दिएको हो । 

मन्त्रालयले नियमितरुपमा कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, भेरीफिकेशन लागि स्वास्थ सेवा विभागमा पठाएको संख्या, भेरीफिकेशन नभएका वा नक्कली दाबीको विवरण, दाबी भूक्तानीको विवरण सार्वजनिक गर्न बीमा समितिलाई निर्देशन दिइएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.