काठमाडाैँ, ७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट केन्द्रीय सदस्यहरूको भेलामा राख्नुभएकाे प्रस्ताव अनुसार पार्टीको केन्द्रीय कमिटीमा मनोनित ५५६ जनाको नाम अनुमोदन भएको बताइएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा राखेको जानकारी अनुसार नेकपाको कुल केन्द्रीय सदस्यको सङ्ख्या ११९९ बनाउने निर्णय भएको छ। यसअघि नेकपामा झन्डै साढे चार सयजनाको केन्द्रीय कमिटी थियो।
त्यसमा तत्कालै ५५६ जना थपिएका छन् र रिक्त रहेका १९६ जना पछि थप्ने तयारी ओली पक्षको छ।
हटाइए नारायणकाजी श्रेष्ठ
सल्लाहकार थापाका अनुसार मनोनित सदस्यहरूको नाम बैठकले अनुमोदन गरेको र उहाँहरूलाई ओलीले शपथग्रहण गराउनुभएकाे छ ।
बिस्तार गरिएको केन्द्रीय कमिटीमा प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ लगायत सबै केन्द्रीय सदस्यहरू यथावत् रहेको थापाले जानकारी दिनुभयाे। तर श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई दिइएको छ।
उक्त भेलामा पूर्व माओवादी पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट सहितका नेताहरू सहभागी हुनुभएकाे थियाे ।

No comments:
Post a Comment