उहाँका अनुसार काठमाडौंको आज बिहान ११ बजेदेखि भृकुटीमण्डपमा हुने विरोधसभामा ५० हजार सहभागी हुनेछन् । जहाँ काठमाडौं उपत्यका र बागमती प्रदेशबाट नेता कार्यकर्ता सहभागी हुनेछन् । विरोध सभामा शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरुले सम्बोधन गर्नुहुनेछ ।
कुन र्यालीको नेतृत्व कसले गर्दैछन् ?
युवराज ज्ञवालीले टेकुबाट निस्कने र्यालीको नेतृत्व गर्दै हुनुहुन्छ । उक्त र्यालीमा पायक पर्ने केन्द्रीय कमिटी सदस्यहरु, चन्द्रागिरी, नागार्जुन, किर्तिपुर र धादिङबाट आउने नेता/कार्यकर्ताहरु सहभागी हुने बताइएको छ । त्यस्तै कुलेश्वरबाट निस्कने र्यालीलाई बेदुराम भुसालले नेतृत्व गर्दै हुनुहुन्छ । जसलाई त्यहाँ पायक पर्ने केन्द्रीय सदस्यले साथ दिनेछन् भने उक्त र्यालीमा दक्षिणकाली र चितवन जिल्लाका नेता कार्यकर्ता सहभागी हुनेछन् ।
नेकपाकी नेतृ पम्फा भुसालले कुपन्डोलको र्यालीको नेतृत्व गर्दै हुनुहुन्छ । उहाँलाई त्यहाँ पायक पर्ने केन्द्रीय सदस्यले साथ दिने छन् । त्यस्तै ललितपुर र मकवानपुर जिल्लाका कार्यकर्ताहरु उक्त र्यालीमा सहभागी हुनेछन् । नयाँबानेश्वरबाट निस्कने र्यालीलाई गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले नेतृत्व गर्दै हुनुहुन्छ । त्यहाँ पायक पर्ने केन्द्रीय सदस्यहरु, सिन्धुपाल्चोक, दोलखा, काभ्रे, भक्तपुरका कार्यकर्ताहरु सहभागी हुनेछन् ।
देवेन्द्र पौडेलले नक्सालको र्यालीलाई नेतृत्व गर्दै हुनुहुन्छ । जसमा पायक पर्ने भित्रि शहरका कार्यकर्ता सहभागी हुने नेकपाले जनाएको छ । लैनचौरको र्यालीलाई जनार्दन शर्माले नेतृत्व गर्दै हुनुहुन्छ । त्यहाँ पायकपर्ने केन्द्रीय सदस्यका साथै बालाजु, टोखा र नुवाकोट जिल्लाका कार्यकर्ता सहभागी हुनेछन् ।
अष्टलक्ष्मी शाक्यले न्यूरोड गेटबाट निस्किने र्यालीको नेतृत्व गर्दै हुनुहुन्छ। पायक पर्ने केन्द्रीय सदस्य र भित्रि शहरका कार्यकर्ता सहभागी हुने बताइएको छ । मुकुन्द न्यौपानेले रत्नपार्क शान्ति बाटिकाको र्यालीको नेतृत्व गर्दै हुनुहुन्छ। त्यहाँ पायक पर्ने केन्द्रीय सदस्य र मजदुरहरु सहभागी हुने बताइएको छ ।
त्रिचन्द्र क्याम्पसको र्यालीलाई योगेश भट्टराईले नेतृत्व गर्दै हुनुहुन्छ । उहाँ नेतृत्वको र्यालीमा त्यहाँ पायक पर्ने केन्द्रीय सदस्य र विद्यार्थीहरु सहभागी हुनेछन् । त्यस्तै अमृतकुमार बोहोराले पूरानो बसपार्कबाट निस्किने र्यालीलाई नेतृत्व गर्दै हुनुहुन्छ ।
बर्षमान पुनले बागबजारबाट निस्किने र्यालीलाई नेतृत्व गर्दै हुनुहुन्छ । त्यस्तै बाल्मिकी क्याम्पसबाट निस्किने र्यालीलाई गणेश शाहले नेतृत्व गर्दै हुनुहुन्छ ।
No comments:
Post a Comment