नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु


काठमाडाैँ, १६ मङ्सिर :
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । 

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बेग्ला–बेग्लै राजनीतिक प्रतिवेदनको बारेमा छलफल सुरु भएको छ । पार्टी विवाद निर्णायक मोडमा पुगेपछि दुवै पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् । 

निकासका लागि अहिलेसम्म विकल्पबारे दुवै पक्षका नेताहरूबीच औपचारिक र अनौपचारिक संवाद नभएका कारण प्रतिवेदनमाथिको छलफलकै क्रममा नेताहरूले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् ।

गएकाे मङ्सिर १३ गतेको बैठकमा ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष प्रचण्डले बुँदागत रूपमा जवाफ दिँदै हुनुहुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.