काठमाडाैँ, १५ पुस : नेकपाका दुवै समूहले काठमाडौंमा आ–आफ्नो समूहको समानान्तर बैठक गरिरहेका छन् । ओली समूहको सुदूरपश्चिमका अगुवा कार्यकर्ताको भेला अहिले बबरमहलस्थित कार्की बैंक्वेटमा चलिरहेको छ जहाँ प्रधानमन्त्री केपी ओली सहभागी हुनुहुन्छ । उहाँले यस भेलालाई सम्बोधन गर्नुहुनेछ ।
यही बैंक्वेटमा केही दिनअघि भएको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीमाथि कारबाही गर्ने निर्णय गरेको थियो । त्यसैगरी पेरिसडाँडास्थित पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहले महिला संघको बागमतीस्तरीय भेला गरिरहेको छ । जहाँ नेता झलनाथ खनालले सम्बोधन गर्दैहुनुहुन्छ ।
उहाँले प्रधानमन्त्री स्वेच्छाचारी भएर एकलौटी ढंगले अघि बढेकाले यस्तो अवस्था आएको बताउनुभयाे । उहाँले संसद् विघटन गर्न नसक्ने अवस्थामा गैरसंवैधानिक तरिकाले विघटन गरिएको आरोप पनि प्रधानमन्त्रीमाथि लगाउनुभयाे ।
No comments:
Post a Comment