काँग्रेसद्वारा सर्वदलीय बैठकको आयोजना, भोलि केन्द्रिय समितिको बैठक - pharaksandesh.com

मुख्य समाचार


Monday, 21 December 2020

काँग्रेसद्वारा सर्वदलीय बैठकको आयोजना, भोलि केन्द्रिय समितिको बैठक


काठमाडौं, ६ पुस :
प्रतिनिधि सभा विघटनपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न नेपाली काँग्रेसले सर्वदलीय बैठक बोलाएको छ।

पार्टीको केन्द्रिय कार्यालयमा बोलाइएको बैठकमा प्रधानमन्त्रीको कदमको विरुद्दमा लागेका दलहरुलाई बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजबादी पार्टीका नेताहरु डाक्टर बाबुराम भट्टराई, उपेन्द्र यादव र महन्थ ठाकुरलाई बोलाइएको पौडेलले जानकारी दिनुभयो ।

बैठक आज अपरान्ह ४ बजे बस्नेछ ।

यसअघि नेपाली काँग्रेसको हिजो बसेको पदाधिकारीहरुको बैठकले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको थियो । यसका बारेमा अन्तिम निर्णय गर्न पार्टीको केन्द्रीय कार्य समितिको बैठक काँग्रेसले भोलि दिउँसो बोलाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.