प्रधानमन्त्रीद्वारा भोलि सर्वदलीय बैठक आह्‍वान - pharaksandesh.com

मुख्य समाचार


Monday, 7 December 2020

प्रधानमन्त्रीद्वारा भोलि सर्वदलीय बैठक आह्‍वान


काठमाडौं, २२ मङ्सिर :
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सर्वदलीय बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने सर्वदलीय बैठकमा समसामयिक राजनीतिका विभिन्न विषयहरुमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सर्वदलीय बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।

मुलुकमा बढ्दो कोरोनाको संक्रमण र गणतन्त्र विरोधी तत्वहरु सलबलाइरहेको बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गर्नु महत्वपूर्ण रहेको विश्लेषकहरु बताउँछन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.