सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती : मन्त्री अर्याल - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 December 2020

सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती : मन्त्री अर्याल


काठमाडौँ, १९ मङ्सिर :
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीमार्फत उत्पादित सामग्रीको बजारीकरण आजको प्रमुख चुनौती भएको बताउनुभएको छ ।मन्त्री अर्यालले देशभरका सहकारीमार्फत् उत्पादित वस्तुको बजारीकरणका लागि सरकारले सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरेको चर्चा गर्नुहुँदै भन्नुभयो, “अहिले उत्पादनको समस्या छैन, बजारीकरण नै चुनौती छ । त्यसैले यस कार्यक्रमलाई देशब्यापी बनाउन आवश्यक छ ।”मन्त्री अर्यालले काठमाडौंमा केन्द्रीय सहकारी बजारको शुक्रबार उद्घाटन गर्नुहुँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

कृषि–बिउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघ लिमिटेडले केन्द्रीय सहकारी बजार सुरु गरेको हो । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युएनडिपीको सहकार्यमा ‘सहकारी बजार विकास कार्यक्रम’ सञ्चालनमा ल्याइएको हो । नेपाल सरकार र युएनडिपीको सहकार्यमा बाग्मती प्रदेशका छ जिल्लाका १८ पालिकाका ७१ वटा सहकारीको सहकार्यमा यो कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।

मन्त्री अर्यालले किसानले उत्पादन गरेको सामग्रीले बजार नपाएर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारी बजार विकास कार्यक्रमले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो ।

उहाँले कृषि उत्पादनको बजारिकरणमा विचौलियाको अन्त्य गर्नुपर्नेमा जोड दिनुहुँदैे किसानलाई राहत दिनसमेत सहकारी बजार कार्यक्रम सहयोगी हुने बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.