काठमाडौं, ७ पुस : प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टीले अनुशासनको कारबाही गर्न लागेको पत्र निर्वाचन आयोगमा पठाउनुअघि नै ओली पक्षले प्रचण्डलगायतका नेताहरुलाई कारबाही गरिसकेको खुलासा भएको छ । बालुवाटार स्रोतका अनुसार आज बस्ने केन्द्रीय कमिटी बैठकले प्रचण्ड–माधव नेपाल समूहलाई कारबाही गरी नयाँ केन्द्रीय सदस्यहरु थप्ने तयारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ थपिने केन्द्रीय सदस्यहरुको सूची तयार भइरहेकाले बिहान ९ बजे बोलाइएको केन्द्रीय कमिटी बैठक बस्न ढिला भएको छ । केन्द्रीय कमिटीमा करीब ३०० नयाँ सदस्य थपेर आजै शपथग्रहण गराउन लागिएको स्रोतले जनाएको छ ।

No comments:
Post a Comment