काठमाडाैँ, १६ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
अस्वस्थ भएपछि सीता दाहालको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । बुधबार साँझ प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र उहाँको ख्याल गर्न आग्रह गर्नुभएको नेता सुभासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले सीता दाहालको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । यसैबीच प्रधानमन्त्री ओलीको तर्फबाट ओली समूहका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङले अस्तापल पुगेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
‘हामी प्रधानमन्त्रीको तर्फबाट र व्यक्तिगत तर्फबाट अस्पताल पुगेर सीता जीको स्वास्थ्य अवस्थाबारे जानकारी लियौँ, प्रचण्ड जी भर्खरै निस्कनुभएको रहेछ, छोरी गंगालाई भेटेर स्वास्थ्यबारे जानकारी लियौँ’, नेम्वाङले भन्नुभयो ।
No comments:
Post a Comment