चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल र प्रचण्डबीच भेट - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल र प्रचण्डबीच भेट


काठमाडाैँ, १३ पुस :
चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाको प्रचण्ड-नेपाल समूहका शीर्ष नेताहरुसँग छलफल थालेको छ।

टोलीले बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उहाँकै निवास खुमलटार पुगेर भेट गरेको छ । भेटमा प्रतिनिधिसभा विघटन र नेकपा विभाजनलगायतका विषयमा कुराकानी भएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले आजै अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गर्ने नेकपाको प्रचण्ड-नेपाल समूहले जनाएको छ ।

हिजो काठमाण्डौ आउनेबित्तिकै चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेको थियो । विभाजन भइसकेको नेकपालाई मिलाउने प्रयासमा चिनियाँ टोली काठमाडाैँ आएको बुझिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.