काठमाडाैँ, ६ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध रहेको दाबी गर्नुभएको छ ।
सोमबार विज्ञप्ति निकालेर प्रचण्डले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले पार्टी एकतामा तात्त्विक असर नगर्ने दाबी गर्नुभएको हो । अध्यक्ष प्रचण्डले पार्टी एकतालाई कमजोर बनाउनेहरुविरुद्ध एकताबद्ध भएर उभिन सबैलाई अपील समेत गर्नुभएको छ ।


No comments:
Post a Comment