कांग्रेस नेता पौडेलद्वारा बुल्दी खोला पुलको उद्घाटन - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 December 2020

कांग्रेस नेता पौडेलद्वारा बुल्दी खोला पुलको उद्घाटन


तनहुँ, १८ मङ्सिर :
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गर्नुभएको छ ।

तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल आज नेता पौडेलले उद्घाटन गर्नुभएको हो ।

तत्कालीन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत बुल्दीखोलामा २०७३ वैशाखमा पुल निर्माणको काम सुरु भएको थियो । दुई करोड ५४ लाख रुपैयाँ लागतमा २०७५ कात्तिकमा पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहज छ । पुल निर्माण सम्पन्न भएतापनि उद्घाटन भने हुन सकेको थिएन ।

बुधबार झडप हुने भन्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीच पुल उद्घाटन गर्न जानुभएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पौडेललाई बुधबार तीन घण्टा तनहुँ प्रहरीले नियन्त्रणमा राखेको थियो । बुधबार साँझ भने नेता पौडेलसहित अन्य नेता कार्यकर्तालाई प्रहरीले रिहा गरेको थियो ।

बुधबार उद्घाटन गर्न बोलाउने व्यक्तिका विषयमा विवाद भएपछि नेकपा निकट राष्ट्रिय युवा संघ विरोधमा उत्रिएका थिए ।

वरिष्ठ नेता पौडेल र संघीय सांसद किसान श्रेष्ठ बीचको टकरावले पुल उद्घाटनको विषयमा विवाद बढेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.