काँग्रेसले देशलाई अधिनायकवाद र प्रतिगमनमा जान दिँदैन- नेता पौडेल - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 December 2020

काँग्रेसले देशलाई अधिनायकवाद र प्रतिगमनमा जान दिँदैन- नेता पौडेल


तनहुँ, १७ मङ्सिर :
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन नेपाली काँग्रेसले सशक्त भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

वरिष्ठ नेता पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवर्धन र अन्यायकाविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने प्रतिवद्दतासमेत ब्यक्त गर्नुभयो ।

नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्छ भनेर आफू आन्तरिकरुपमा सङ्घर्ष गरिरहेको बताउनुभयो ।

उहाँले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको अवधिमा नै हुनुपर्ने अडान पनि दोहोर्‍याउनुभयो ।

उहाँले भन्नुभयो, “प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो । त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु ।”

पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उहाँले जोड थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.