मास्टरशेफ युकेको उपाधि नजिते पनि मन जितेँ : सन्तोष शाह - pharaksandesh.com

मुख्य समाचार


Friday 18 December 2020

मास्टरशेफ युकेको उपाधि नजिते पनि मन जितेँ : सन्तोष शाह


काठमाडाैँ, ३ पुस :
पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा 'मास्टरशेफ यूके'मा नेपाली शेफ सन्तोष शाहले "उत्कृष्ट तीन"मै चित्त बुझाउनु परेको छ। ब्रिटेनका एलेक्स वेब सो प्रतियोगितात्मक टेलिभिजन कार्यक्रमका विजयी घोषित हुनुभएकाे छ।

तर प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरेर निर्णायक तथा दर्शक अनि नेपाली समर्थकहरूमा राम्रो छाप छाड्न सक्नुभएका सन्तोष शाहले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेकोमा आफू सन्तुष्ट रहेको बताउनुभएकाे छ।

बीबीसी न्यूज नेपालीसंगको कुराकानीमा उहाँले ब्रिटेनको उक्त लोकप्रिय टेलिभिजन कार्यक्रममार्फत "नेपाल र नेपाली खानाको प्रवर्धन गर्न पाएको र त्यो नै आफ्नो जित भएको" बताउनुभयाे।

केही हप्ता यता एकपछि अर्को नेपाली स्वाद र बान्कीका खाना चखाएर प्रतियोगिताका निर्णायकहरूलाई आश्चर्यमा पार्दै आउनुभएका शाहले अन्तिम प्रतिस्पर्धामा भने आफूले सोचेजस्तो खाना पस्कन नसकेको बताउनुभयाे।

सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले भन्नुभयाे, ''ट्रफी हात पार्नु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।''

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.