नेकपा गहिरो संकटमा रहे पनि फुटको अवस्थामा छैन : मुख्यमन्त्री शंकर पोखरेल - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 9 December 2020

नेकपा गहिरो संकटमा रहे पनि फुटको अवस्थामा छैन : मुख्यमन्त्री शंकर पोखरेल


पाल्पा, २४ मङ्सिर :
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा यतिबेला गहिरो सङ्कटमा रहेको बताउनुभएको छ । उहाँले गम्भीर सङ्कटमा भए पनि समस्याको समाधान पार्टी कमिटीले गर्ने कुरामा पनि सबै नागरिक विश्वस्त हुनुपर्ने बताउनुभएको छ ।

नेकपा पाल्पा प्रचारप्रसार तथा प्रकाशन विभागले मङ्गलबार आयोजना गरेको सूर्य बुलेटिन वितरण समारोहमा बोल्नुहुँदै मुख्यमन्त्री पोखरेलले पार्टीभित्र देखिएको मतभेद अन्त्य हुने पनि बताउनुभएको छ । अहिले पार्टीभित्र देखिएको समस्या दुई अध्यक्ष हुँदै सचिवालय र स्थायी कमिटीमा आएको भए पनि स्थायी कमिटीमा समस्या समाधानतर्फ जाने उल्लेख गर्नुभयो ।

उहाँले पार्टीभित्र अल्पमत/बहुमतबाट अगाडि बढ्ने कि नबढ्ने, संसदबाट नेता छान्ने कि पार्टीबाट नेता छान्ने विषयमा मुख्य विवाद रहेको बताउनुभयो । अहिले पार्टी कमिटीबाट समस्या समाधान नभए महाधिवेशनबाट समस्या समाधान गर्नुपर्ने बताउनुभयो । पार्टीभित्र देखिएको समस्या समाधान गर्न विचारमा एकरुपता कायम गरेर अगाडि बढ्नुपर्नेमा उहाँको भनाइ छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.