थामियो नेप्से, आठ अर्बको कारोवार - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 December 2020

थामियो नेप्से, आठ अर्बको कारोवार


काठमाडौँ, १८ मङ्सिर  :
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७६ बिन्दुले ओरालो लागेर ३९२.२९ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम आज रु आठ अर्बमाथि रहेको छ । कूल २०० कम्पनीको एक करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर रु आठ अर्ब दुई करोड ६० लाख २३ हजार ७९८ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ता नाफा बुक गर्न लागेका कारण बजारमा आज गिरावट आएको अनुमान गरिएको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेका छन् । जलविद्युत् १०.३६ र लघुवित्त ३०.०८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ८.७३, व्यापार १६०.४२, होटल ८.३५, विकास बैंक २०.३५, वित्त ६.७३, निर्जीवन बीमा १६६.४१, उत्पादन ७२.९६, अन्य १९.३१, जीवन बीमा २५८.२६ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले ओरालो लागेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ११ करोड ४० लाख आठ हजार ५७७ बराबरको कारोवार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ४२ करोड १८ लाख ३८ हजार ८९९, नेपाल लाइफ इन्स्योरेन्स रु ३० करोड तीन लाख ३८ हजार ३००, नेशनल लाइफ इन्स्योरेन्स रु २६ करोड सात लाख ११ हजार २७९, शिवम् सिमेन्ट रु २३ करोड ८२ लाख ८२ हजार ११०, प्राइम बैंक रु २२ करोड ३० लाख ८६ हजार, नेपाल बैंक रु १८ करोड ७० लाख ८४ हजार ६७७ र नबिल बैंक रु १८ करोड २४ लाख ३३ हजार ६२२ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

कारोवारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.९५, नेपाल सेवा लघुवित्त ९.०६, डिप्रोक्स लघुवित्त ६.७२, छिमेकी लघुवित्त ६.४०, प्राइम बैंक ४.८२, सूर्योदय लघुवित्त ४.८१, मिथिला लघुवित्त ४.७७ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.७७ प्रतिशतले कमाएका छन् । यसैगरी विशाल बजार कम्पनी ६.९७, साल्ट टे«डिङ कर्पोरेशन ६.९४, बोटलर्स नेपाल तराई ५.२०, रसुवागढी हाइड्रोपावर ५.१४, साञ्जेन जलविद्युत् कम्पनी ५.०९, एशियन लाइफ इन्स्योरेन्स ४.१०, आरएसडिसी लघुवित्त ३.७७ र एचआइसिएलका लगानीकर्ताले ३.७५ प्रतिशतले गुमाए ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.