कांग्रेस अदालतलाई सम्मान गर्ने पार्टी हाे : शेरबहादुर देउवा - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

कांग्रेस अदालतलाई सम्मान गर्ने पार्टी हाे : शेरबहादुर देउवा


काठमाडाैँ, १३ पुस :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकाले अदालतको फैसला आफ्नाे पार्टीलाई मान्य हुने बताउनुभएको छ । 

सोमबार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक तथा अप्रजातान्त्रिक कदमको रूपमा पार्टीले ठम्याएको बताउनुभयो ।

उहाँले प्रतिनिधि सभाको विघटनको विरोधमा देशभर प्रदर्शन गरिए पनि अदालतले गर्ने निर्णय स्वीकार गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो । हाम्रो पार्टीले सधैँ अदालतलाई सम्मान गरेको छ । अदालतलाई धम्क्याएर यो निर्णय गर, तर्साएर अदालतलाई निर्णय गर्ने काम कहिल्यै गर्दैनौँ । हाम्रो इच्छा विरुद्ध होस् कि इच्छाअनुसार होस् । अदालतको निर्णय स्वीकार गर्छौँ । अदालतलाई कुनै पनि किसिमको हस्तक्षेप, धम्क्याउने, तर्साउने हामी गर्दैनौँ । अदालतलाई स्वविवेकले निर्णय गर्ने अधिकार छ । अदालतको निर्णय पर्खन्छौँ ।’

सरकारको अप्रजातान्त्रिक कदमविरुद्ध पार्टी एक्लैले विरोध प्रदर्शन गर्ने सभापति देउवाको भनाइ छ । कांग्रेसले निरन्तर विरोधको कार्यक्रम गर्ने र विरोधको आगामी कार्यक्रम केन्द्रीय कमिटी बैठक बसेर बनाउने पनि उहाँले बताउनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.