कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 9 December 2020

कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर


काठमाडौं, २४ मङ्सिर :
रोक्का कित्ताकाट फुकुवा गर्न नेपाल सरकारले गरेको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।

२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयको निर्णयले प्लटिङ गर्न स्वीकृति लिएको हकमा र अंशवण्डा गर्नेको हकमा बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर गत १८ भदौमा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले २०७४ को निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गर्ने निर्णय गर्नुभएको थियो ।

भूउपयोग ऐन अनुसार नियमावली तर्जुमा गरेर मात्रै निर्णय गर्नु पर्नेमा मन्त्रीबाटै निर्णय हुनु बेठीक भएको भनी विवाद उब्जिएको थियो । निर्णय बदरको फैसला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश मनोजकुमार शर्माको संयुक्त इजलासले गरेको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.