नेकपा कुनै पनि हालतमा फुट्दैनः मन्त्री भट्टराई - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

नेकपा कुनै पनि हालतमा फुट्दैनः मन्त्री भट्टराई


हुम्ला, १६ मङ्सिर :
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपामा पछिल्लो समय देखिएको बिबादले नेकपा कहिल्यै नफुट्ने बताउनु भएको छ । सोमबार सिमकोट विमान स्थलको अनुगमन गर्न आउनु भएका मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुसँगको भेटका अवसरमा सो कुरा बताउनु भएको हो ।

मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा ठुलो पार्टी भएको कारण केही समस्या देखिनु स्वभाविक भएपनि अहिलेको यो समस्या कै कारण पार्टी कुनै पनि हालतमा नफुट्ने बताउनुभयो । उहाँले दुई अध्यक्षबिचको आरोप प्रत्यारोपले समाधान चाडैँ पाउने र पाटी बलियो भएर अगाडी बढ्ने आस्वासन कार्यकर्ताहरुलाई दिनु भयो । बेला बेलामा नेकपामा आउने यस्ता केही ब्यबधानले समाधान पाउने गरेको बताउदै अहिलेको समस्या पनि चाँडै टुङ्गिने बताउनुभयो । दुई बिशाल पार्टी मिलेर नेकपा बन्दा नेताहरु धेरै भएको र सबैमा आकांक्षा देखा पर्नु स्वभाबिक भएको उहाँले बताउनुभयो ।

मन्त्री भट्टराईले अहिले दुई अध्यक्षबिच सचिवालय बैठकमा देखिएको समस्यालाई सचिवालय र केन्द्रीय समितिले हल गर्ने पनि बताउनुभयो । नेताहरु फुट भन्दा पनि एकता बलियो बनाउने प्रयासमा लागेकोले यसले चाँडै मुर्त रुप पाउने विस्वास उहाँले ब्यक्त गर्नुभयो । उहाँले मुलुकको सम्बृद्धि छ त नेकपाको मिलनले मात्र संभब हुने बताउदै उहाँले त्यसलाई पुरा गर्न नेकपाको मिलन अनिवार्य रहेको बताउनुभयो ।

नेकपाको एकता बलियो भयो भने मुलुकमा पचास बर्षसम्म निर्वाचनमा विजयी हुने ठोकुवा गर्दै उहाँले त्यसका लागि सबैमा सुझबुझ हुनु जरुरी रहेको बताउनुभयो । यसअघि हुम्ला जिल्लाबाट संघिय संसदमा प्रतिनिधित्व गर्नु हुने सासद छक्क बहादुर लामाले हुम्लाका समस्याका बारेमा मन्त्री भट्टराईलाई अबगत गराउनु भएको थियो । हुम्लाको बस्तुस्थितीका बारेमा मन्त्री भट्टराईलाई प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले जानकारी गराउनु भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, नेकपाका केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला इन्चार्ज बिजय भण्डारी , पार्टी अध्यक्ष लालकेश जैसी लगाएको उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.