तराईमा आजदेखि बाक्लो कुहिरो लाग्न शुरु - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 9 December 2020

तराईमा आजदेखि बाक्लो कुहिरो लाग्न शुरु


गौर, २४ मङ्सिर :
शीतलहरसँगै बढदै गएको चिसोका कारण रौतहट जिल्लाको जनजीवन प्रभावित हुँदै छ । गत केही दिनदेखि बढदै गएको चिसो तथा आज बिहानदेखि लाग्ने बाक्लो कुहिराको शुरुवातका कारण बढेको अत्यधिक चिसोका कारण जिल्लावासीहरुको जनजीवन प्रभावित भएको हो ।अत्यधिक चिसोले जिल्लाको विभिन्न ठाउँमा रहेको बजारमा चहलपहलमा कमी आउनुको साथै सडकमा हिडडुल गर्ने बटुवा लगायत बसहरुमा ओहोर दोहोर गर्ने यात्रुहरुको संख्याको चाप कम भएका छन ।

यस्तै चिसोका कारण उद्योग व्यापारी, उपभोग्य सामाग्री बिक्रेताहरुको दैनिक आम्दानीमा समेत प्रभाव पर्नुको साथै स्वास्थ्य संस्थाहरुमा रुघा, खोकी, निमोनियाका ग्रसित विरामीहरुको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. कृष्णा साहले बताउनुभयो ।

अत्यधिक चिसोले जिल्लास्थित सरकारी कार्यालयहरुमा विभिन्न काम विशेषले आउने सेवाग्राही संख्यामा कमी आएको तथा बढदो चिसोका कारण ग्राहकहरुको संख्यामा निकै ह्रास आएको र आम्दानी घटेको कुरा स्थानिय त्रिमूर्ति होटलका संचालक लक्ष्मि साह एवं किराना पसलका श्यामजी साह बताउनुहुन्छ ।

त्यस्तै गौर चन्द्रनिगाहपुर सडक खण्डमा दिनहु चल्ने सवारीका साधनहरुमा पनि अत्यधिक चिसोका कारण यात्रुहरुको संख्यामा समेत कमी आएको रौतहट बस व्यवसायीले जनाएको छ ।

दिनानुदिन बढदै गएको जाडोबाट बच्नका लागि उनी कपडा, ज्याकेट, स्वीटर, हाइनेक, जुता,टराउजर, कम्बललगायतका सामान विक्री गर्ने पसलहरुमा नेपाली तथा सीमावर्ती भारतिय क्षेत्रका ग्राहकहरुको भीड बढेको हो ।

चिसो बढेपछि जाडो छल्ने उनीकपडा, ज्याकेट लगायतका सामान खरिद गर्ने ग्राहकको संख्या बढको स्थानिय पसल संचालक संजय अग्रवाल बताउनुहुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.