नेपालमा आज थप २१ जना कोरोना संक्रमितको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

नेपालमा आज थप २१ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, १६ मङ्सिर :
नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जानकारी दिए अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १३०४ जना नयाँ संक्रमित थपिएका छन ।

यसैगरी पछिल्लो यही अबधिमा २०७३ जना संक्रमणमुक्त भएका छन । नेपालमा योसँगै २१६५९४ जना संक्रमणमुक्त भइसकेका मन्त्रालयले जनाएको छ ।

यसैगरी अहिलेसम्म आइसोलेशनमा रहेकाहरुको संख्या १६६३३ छ भने ६१६ जना क्वारेन्टिनमा रहेका छन ।

नेपालमा कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । उनीहरुमध्ये २ लाख १६ हजार ५९४ जना संक्रमणमुक्त भएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.