आज १२७२ जनामा कोरोना संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 December 2020

आज १२७२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, १९ मङ्सिर :
नेपालमा आज थप १२७२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १२७२ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १५७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २१ हजार ८ सय ४७ जना छन् । नेपालमा निको हुने दर ९२ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १५६७ रहेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.