२४ घण्टामा थपिए १०९६ संक्रमित - pharaksandesh.com

मुख्य समाचार


Sunday, 6 December 2020

२४ घण्टामा थपिए १०९६ संक्रमित


काठमाडौं, २१ मङ्सिर :
नेपालमा आज थप १०९६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६४९५ जनाको पीसीआर परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १७५२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २५ हजार ८ सय ५ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १५९४ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४८५ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३५१, भक्तपुरमा ५९ र ललितपुरमा ७५ जना संक्रमित थपिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.