बेलायत पुग्यो कोरोना विरुद्धको खोपः स्वास्थ्यकर्मी, संक्रमित र वृद्धवृद्धालाई प्राथमिकता - pharaksandesh.com

मुख्य समाचार


Friday, 4 December 2020

बेलायत पुग्यो कोरोना विरुद्धको खोपः स्वास्थ्यकर्मी, संक्रमित र वृद्धवृद्धालाई प्राथमिकता


काठमाडाैँ, १९ मङ्सिर :
कोरोनाभाइरस विरुद्ध बेलायतले आगामी हप्ताबाट लगाउने भनिएको फाइजर बायोएनटेकले निर्माण गरेको खोपको पहिलो लट बेलायत पुगेको छ । सो खोप कहाँ राखिएको छ भन्ने कुरा गोप्य राखिएको छ ।

खोपलाई बेलायतभरका अस्पताल तथा खोप केन्द्रहरुमा वितरण गरिने जनाइएको छ । बेलायतले ४ करोड डोज खोप खरिद गरिसकेको छ । जुन बेलायतका दुई करोड जनसंख्याका लागि पर्याप्त हुने देखिन्छ ।

बेलायतका उप प्रमुख मेडिकल अधिकृतले पहिलो चरणको खोपले अस्पताल भर्ना हुने संक्रमित र मृत्यु हुने दर ९९ प्रतिशतले कमी आउने बताउनु भएको छ ।

खोपलाई जतिसक्दो छिटो वितरण गरी वृहद रुपमा खोप कार्यक्रम संचालन गर्ने बेलायत सरकारको तयारी छ । पहिलो चरणमा पुगेको खोप स्वास्थ्यकर्मी, अस्पताल भर्ना भएका संक्रमित, ८० वर्ष नाघेका सबै वृद्धवृद्धा र उनीहरुको स्याहर सुसार गर्नेलाई पहिलो प्राथमिकतामा परेका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.