बेलायतले फाइजर कम्पनीकाे कोरोना भाइरसविरुद्धको खाेपलाई दियाे अनुमति - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 December 2020

बेलायतले फाइजर कम्पनीकाे कोरोना भाइरसविरुद्धको खाेपलाई दियाे अनुमति


काठमाडाैँ, १७ मङ्सिर :
बेलायत फाइजनर–बायोटेक कम्पनीले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि विश्वव्यापी रूपमा अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ । 

बेलायतको नियामक, एमएचआरएले खोप कोरोनाका बिरामीका लागि ९५ प्रतिशतसम्म प्रभावकारी देखिएको र प्रयोगका लागि सुरक्षित देखिएको बताएको हो । 

केही दिनभित्रै उच्च प्राथमिकतामा रहेको समूहलाई खोप दिन सुरु गरिने बताइएको छ । 

बेलायतले यसअघि नै चार करोड खोपको डोज माग गरिसकेको छ । प्रत्येकले खाेपकाे दुई डाेज दिइनेछ, अर्थात् अहिले दुई कराेड जनाले खाेप लगाउन पाउनेछन् । 

फाइजर कम्पनीकाे खाेप सबैभन्दा छिटाे विकसित भएकाे खाेप हुनेछ, जसलाई बनाउन १० महिना लाग्याे । 

सामान्यतया यस्ताे खाेप तयार हुन एक दशकसम्म लाग्ने गर्दछ । ​

यद‍्यपि विशेषज्ञहरूका अनुसार खाेपकाे प्रयाेगपछि पनि मानिसहरूले सङ्क्रमण नफैलिन दिन नियमहरूकाे पालना गर्नुपर्नेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.