बीरगंज, १९ मङ्सिर : मुकेश चौरसिया हत्या प्रकरणमा पर्सा जिल्ला अदालतले दुई जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ भने दुई जनालाई जमानतमा र एक जनालाई साधारण तारेखमा रिहा गरेको छ ।
पर्सा जिल्ला अदालतको मंसिर १७ गतेको फैसला अनुसार मुकेश चौरसिया हत्या प्रकरणमा संलग्न अकलेश भन्ने अशेश्वर प्रसाद चौरसिया र उत्तम भन्ने निरन्जन तिवारीलाई मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफ ६७ बमोजिम पुर्पक्षका लागि थुनुवा पुर्जी दिई बीरगंज कारागार चलान गरिएको छ ।
त्यसैगरी हत्या काण्डमा संलग्न भनिएका हनिफ मिया र डेवा सहनी मलाहलाई मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा ६८ बमोजिम जनही दुई÷दुई लाख रुपैँया धरौटी बुझाई तारेखमा रिहा गर्ने फैसला गरेको छ ।
यसैगरी अर्का प्रतिवादी सबुद्दिन राउत गद्दीको हकमा अभिभावकको जिम्मा लगाई साधारण तारेखमा छाडिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासिनी गाउँपालिकाको वडा नम्बर ५ प्रसौनीभाठामा गत कार्तिक ६ गते आयोजित सपथ ग्रहण कार्यक्रममा कार्यकर्ता बीच झडप हुँदा गम्भिर घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा कार्तिक ७ गते मृत्यु भएको थियो ।

No comments:
Post a Comment