सिमकोट विमानस्थलमा लागेको आगो नियन्त्रणमा - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 December 2020

सिमकोट विमानस्थलमा लागेको आगो नियन्त्रणमा


हुम्ला, १८ मङ्सिर :
सिमकोटस्थित विमानस्थलमा आगलागी नियन्त्रणमा आएको छ । विमानस्थल प्रमुख बस्ने क्‍वाटरमा बिहानै ५ बजे लागेको आगलागी नियन्त्रणमा आएको हो ।

जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयहरूले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षति विवरण आएको छ । आगाको लप्काले भवनमा क्षति पुगेपनि कुनैपनि मानवीय क्षति नभएको जिल्ला प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.