काठमाडाैँ, १३ पुस : चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमणबारे रिपोर्टिङ गर्ने एक जना पत्रकारलाई जेल सजाय सुनाइएको छ । ३७ वर्षीया पत्रकार झाङ्ग झानलाई चार वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ ।
रिपोर्टिङका क्रममा झगडा गरेको र समस्यालाई उकासेको आरोपमा दोषी ठहर गर्दै पत्रकार झाङ्गलाई जेल सजाय सुनाइएको खबरमा उल्लेख छ । उहाँमाथि परेको रिट निवेदनको सुनुवाइका क्रममा उहाँका समर्थकले अदालतबाहिर प्रदर्शन गरेका थिए ।
यसअघि झाङ्गलाई गएको मे महिनामा हिरासतमा लिइएको थियो । आफूलाई हिरासतमा लिएको विरुद्ध उहाँले भोक हड्ताल सुरु गर्नुभएको थियो । झाङ्गको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको वकिलहरुले बताएका छन् ।
चीन सरकारमाथि स्वतन्त्र रुपमा कुनै पनि समाचार र रिपोर्टिङ गर्न नदिइने आरोप लाग्दै आएको छ । कोरोना भाइरसलाई लिएर सरकारको नीतिमाथि प्रश्न गर्नेलाई कारबाही हुने गरेको खबरमा उल्लेख छ ।
No comments:
Post a Comment