लुम्बिनी चिनी मिलका सञ्चालक पर्साबाट पक्राउ, नवलपरासी पठाउने तयारी - pharaksandesh.com

मुख्य समाचार


Thursday, 31 December 2020

लुम्बिनी चिनी मिलका सञ्चालक पर्साबाट पक्राउ, नवलपरासी पठाउने तयारी


काठमाडाैँ, १६ पुस :
नवलपरासीको लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ । उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा उहाँलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

पक्राउ परेका अग्रवाललाई नवलपरासी पठाउन तयारी भइरहेको पनि पन्तले जानकारी दिनुभयो । कारबाहीको थप प्रक्रिया नवलपरासीबाटै हुने एसपी पन्तको भनाई छ । अग्रवालले किसानको ७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.