तौल घटाउन चुकन्दर र स्याउको जुस - pharaksandesh.com

मुख्य समाचार


Sunday, 6 December 2020

तौल घटाउन चुकन्दर र स्याउको जुस


एजेन्सी, २० मङ्सिर :
शरीरलाई सन्तुलनमा राख्नका लागि मोटोपन कम गराउनुपर्छ । शरीरलाई मोटोपनबाट बचाउँन विभिन्न प्रकारका उपायहरु गर्ने गर्छन् । तर, धेरैले अत्यधिक बढेको तौल घटाउन सक्दैनन् । 

डाइटिङ गर्न असमर्थ भएमा केही जुसहरु पनि पिउन सकिन्छ जसले तौल घटाउन मद्दत गर्छ । हरेक दिन जुस पिउँदा शरीरको तौल घट्छ । फलफूलमा भिटामिन र प्रोटिन हुन्छ । जुन शरीरको आवश्यकता परिपूर्तिका लागि फाइदाजनक हुन्छ । त्यसको लागि चुकन्दर र स्याउको जुस पिउन सकिन्छ ।

चुकन्दर र स्याउमा भारी मात्रामा भिटामिन र खनिज पाइन्छ । जसले शरीरको आवश्यकता पूरा गर्छ । स्याउमा फाइबर, भिटामिन सी, नाइट्रेस र फोलेट पाइन्छ । जसले पाचन प्रक्रियालाई मजबुत बनाउँछ । र तौल कम गर्न पनि मद्दत गर्छ । 

चुकन्दर र स्याउको जुस बनाउनका लागि ३ चुकन्दर, २ स्याउ लिएर तास्ने र यसमा आधा कागतीको रसमा एक चम्चा मह, तीन पात पुदिनाको पात र थोरै गुड लिएर तयार गर्ने र यसलाई बिहानको खाना खानका लागि फाइदाजनक मानिन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.