थप एक हजार ३४३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 December 2020

थप एक हजार ३४३ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि



काठमाडौं, १८ मङ्सिर :
नेपालमा आज थप १३४३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९२८९ जनाको पीसीआर परीक्षणमा १३४३ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २१११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २० हजार २ सय ७७ जना छन् । नेपालमा निको हुने दर ९२ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १५५१ रहेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जना संक्रमित भएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.